दफा ६२
विभागीय सजाय दिने अधिकारी
(१) निजामती कर्मचारीलाई दफा ५९ को खण्ड (ख) बमोजिम सजायको आदेश दिने अधिकार देहायबमोजिमका अधिकारीलाई हुनेछ :-
(क) राजपत्रांकित प्रथम श्रेणी र सोभन्दा माथिको पदमा कार्यरत निजामती कर्मचारीलाई नेपाल सरकार,
(ख) राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका निजामती कर्मचारीलाई निज कार्यरत निकायको विशिष्ट श्रेणीको अधिकारी,
(ग) राजपत्र अनंकित निजामती कर्मचारीहरूलाई निज कार्यरत कार्यालयको विभागीय प्रमुख वा राजपत्रांकित कार्यालय प्रमुख ।
(२) दफा ५९ को खण्ड (क) बमोजिम सजायको आदेश दिने अधिकारी तोकिएबमोजिम
हुनेछ ।