दफा २८
विशेष बिदा
(१) प्रधान न्यायाधीश वा न्यायाधीशले विशेष कारण परेमा देहाय बमोजिम विशेष बिदा पाउन सक्नेछः–
(क) एक पटकमा एक महिनामा नबढाई, र
(ख) सेवाको अवधिभरमा जम्मा तीन महिनामा नबढाई ।
(२) उपदफा (१) बमोजिम विशेष बिदामा बसेको अवधिमा प्रधान न्यायाधीश वा न्यायाधीशले आधा पारिश्रमिक पाउनेछ ।