दफा २८
विश्वविद्यालयको कोष्ा
(१)विश्वविद्यालयको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्ः–(क)नेपाल सरकारबाट प्राप्त रकम,(ख)
विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रकम,(ग) कुनै व्यक्ति वा संस्थाले आर्थिक सहायता स्वरूप प्रदान गरेको रकम,(घ) कुनैव्यक्ति , निकाय, संघ वा संस्थाबाट प्राप्त रकम,(ङ)विदेशी व्यक्ति, सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट प्राप्त रकम,(च) शुल्क तथा अन्य कुनै स्रोतबाट प्राप्त रकम।
(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम विश्वविद्यालयले कुनै रकम प्राप्त गर्नुअघिनेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ
३) विश्वविद्यालयको कोषको रकम कार्यकारी परिषद्ले तोकेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(४) विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(५) विश्वविद्यालयको सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।