नियम २४
शिक्षाज्योति पदक

(१) नेपालभित्र वा अन्तर्राष्ट्रिय क्षेत्रमा शिक्षा, वातावरण संरक्षण वा सूचना प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने जुनसुकै नेपाली तथा विदेशी नागरिकलाई शिक्षा ज्योति पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–५ मा उल्लेख भए बमोजिम हुनेछ ।