दफा ३०
शोधभर्ना दिने
: सुरक्षित सदस्य संस्था समस्याग्रस्त भई वित्तीय लिक्विडेशन वा लिक्विडेशन वा खारेजीको प्रक्रियामा रहेको कारणबाट सुरक्षित निक्षेपकर्ताको रकम तत्काल भुक्तानी दिन सुरक्षित सदस्य संस्था असमर्थ भएको भनी नेपाल राष्ट्र बैङ्कबाट लेखी आएमा कोषले सम्बन्धित निक्षेपकर्तालाई सुरक्षित निक्षेपको शोधभर्ना दिनेछ ।