नियम
संरक्षित जलाधार क्षेत्र घोषित गर्ने –
(१) भू तथा जलाधार संरक्षणको लागि नेपाल ……….को कुनै क्षेत्रलाई ऐनको दफा ३ बमोजिम संरक्षित जलाधार क्षेत्र घोषित गर्ने प्रयोजनको लागि जलाधार संरक्षण अधिकृतले आवश्यक जा“चबुझ, अध्ययन तथा सर्वेक्षण गरी समितिको समेत परामर्श लिई संरक्षित जलाधार क्षेत्र घोषित गर्न आवश्यक देखिएको क्षेत्रको चारकिल्ला तथा क्षेत्रफल खुलाई विभागमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएपछि विभागले आवश्यक देखेमा पुन जा“चबुझ,अध्ययन तथा सर्भेक्षण गरी गराई चारकिल्ला तथा क्षेत्रफलमा हेरफेर गर्नु पर्ने देखिएमा सोसमेत गरी नेपाल सरकार, वन तथा भू संरक्षण मन्त्रालयमा पठाउनु पर्नेछ ।