दफा ४
सञ्चालक समिति
(१) प्रत्येक संस्थानमा नेपाल सरकारद्वारा तोकिएको संख्यामा नेपाल सरकारद्वारा मनोनित सञ्चालकहरु रहनेछन् । त्यस्ता सञ्चालकहरु मध्ये नेपाल सरकारद्वारा तोकिएको सञ्चालक अध्यक्ष हुनेछ ।
(२) सञ्चालकहरु नेपाल सरकारको इच्छानुसारको अवधिसम्म आफ्नो पदमा बहाल रहनेछन्।
(३) मुत्यु भै वा राजिनामा गरी वा अरु कुनै कारणले कुनै सञ्चालकको पद रिक्त भै नेपाल सरकारले कुनै अर्को व्यक्तिलाई मनोनित गरी सो रिक्त पदको पूर्ति गरेमा सो कुराको सूचना त्यस्तो सञ्चालकको नाम, ठेगाना र पेशा सहित नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्छ ।