(१) विश्वविद्यालयमा सर्वोच्च निकायको रुपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछः–
(क) कुलपति अध्यक्ष
(ख) सह–कुलपति उपाध्यक्ष
(ग) उप–कुलपति सदस्य
(घ) विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको निर्वाचन क्षेत्रका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्य - सदस्य
(ङ) अन्य विश्वविद्यालयका उप–कुलपतिहरु सदस्य
(च) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) सदस्य
(छ) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सदस्य
(ज) सचिव, अर्थ मन्त्रालय सदस्य
(झ) लन्धप्रतिष्ठित विद्वानहरुमध्येबाट समावेशी आधारमा कम्तीमा दुईजना महिला सहित पाँचजना - सदस्य
(ञ) डीनहरु सदस्य
(ट) विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख - सदस्य
(ठ) क्याम्पस प्रमुखहरु मध्येबाट छ जना सदस्य
(ड) विश्वविद्यालयको विषय समितिका अध्यक्षहरु मध्येबाट तीन जना सदस्य
(ढ) विश्वविद्यालयका नेपाल प्राध्यापक संघ क्याम्पस इकाइका अध्यक्ष र सचिवको निर्वाचक मण्डलले समानुपातिक एकल संक्रमणीय मतका आधारमा समावेशी सिद्धान्त बमोजिम निर्वाचित कम्तीमा दुईजना महिला सहित पाँचजना शिक्षकहरू - सदस्य
(ढ१) नेपाल प्राध्यापक संघको प्रतिनिधि एकजना सदस्य
(ढ२) पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको प्रतिनिधि एकजना सदस्य
(ण) ……………………..
(त) प्रतिनिधि, प्राज्ञिक परिषद् सदस्य
(थ) प्रतिनिधि, साधन–श्रोत परिषद् सदस्य
(द) शिक्षाप्रेमी तथा समाजसेवीमध्येबाट समावेशी आधारमा कम्तीमा दुईजना महिला सहित चारजना - सदस्य
(ध) उद्योगपति, व्यापारी तथा कृषकहरुमध्येबाट समावेशी आधारमा कम्तीमा दुईजना महिला सहित छजना - सदस्य
(न) चन्दादाताहरुमध्येबाट समावेशी आधारमा कम्तीमा एकजना महिला सहित तीनजना - सदस्य
(प) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरु मध्येबाट दुई जना सदस्य
(फ) अनुसन्धान केन्द्रका प्रमुखहरु सदस्य
(ब) रजिष्ट्रार सदस्य–सचिव
(३) पदेन सदस्यहरु वाहेक सभाका अन्य सदस्यहरुको मनोनयन कार्यकारी परिषद्को सिफारिशमा कुलपतिबाट हुनेछ ।
(४) मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।