दफा १९४
समन्वय समिति
(१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्न निकायका बिचमा आवश्यकता अनुसार समन्वय कायम गरी अनुसन्धान तथा अभियोजन सम्बन्धी कार्यमा प्रभावकारिता ल्याउन देहाय बमोजिमको समन्वय समिति रहनेछः–
(क) महान्यायाधिवक्ता – अध्यक्ष
(ख) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ग) सचिव, गृह मन्त्रालय – सदस्य
(घ) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
(ङ) महान्यायाधिवक्ताले तोकेको महान्यायाधिवक्ताको कार्यालयको राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो दर्जाको सरकारी वकिल – सदस्य सचिव
(२) समन्वय समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।