नियम १७
समाज सेवा रत्न
(१) सामाजिक सेवाको कुनै पनि क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने वा वृद्ध, बालबालिका, अशक्त, असहाय, अपाङ्ग लगायत शारीरिक वा मानसिकरूपबाट पीडित व्यक्तिको उद्धार हुने किसिमका कार्य गर्ने व्यक्तिलाई समाज सेवा रत्नको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–७ मा उल्लेख भए बमोजिम हुनेछ ।