दफा १५
समितिको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा र खेलकुद तालिका तयार गरी स्वीकृतिको लागि परिषद्मा पेश गर्ने,

(ख) परिषद्का निर्णयको कार्यान्वयन गर्ने, गराउने,

(ग) राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको आयोजना तथा सहभागिताका लागि आवश्यक काम गर्ने,

(घ) नेपाल सरकारको स्रोतबाट अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा भाग लिन खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतका प्रतिनिधिहरु मन्त्रालयको स्वीकृतिमा पठाउने,

(ङ) परिषद्को कोष, खेलाडी कल्याणकारी कोष, चल, अचल सम्पत्तिको संरक्षण, परिचालन र रेखदेख गर्ने,

(च) खेलकुदको विकास, विस्तार र सञ्चालनमा विभिन्न निकायहरुबीच समन्वय गर्ने,

(छ) परिषद्बाट सञ्चालित खेलकुद गतिविधिको आवधिक रुपमा सर्मीक्षा गर्ने,

(ज) परिषद्को स्वीकृत मापदण्डको अधीनमा रही खेलकुद सम्बन्धी संस्था वा खेलाडीलाई छात्रवृत्ति, आर्थिक वा अन्य सहयोग प्रदान गर्ने,

(झ) खेलकुद सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,

(ज) खेलाडीहरुको स्तरवृद्धि गर्न आवश्यकता अनुसार स्वदेशी तथा विदेशी प्रशिक्षकबाट तालिम दिलाउने तथा उपयुक्त खेलाडीको छनौट गरी आवश्यकता अनुसार विदेशमा तालिम लिन पठाउने,

तर विदेशी प्रशिक्षक झिकाउँदा मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।

(ट) राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्ने तथा खेलाडीहरुको वृत्ति विकासको आवश्यक व्यवस्था मिलाउने,

(५) मनोरञ्जनात्मक, परम्परागत तथा साहसिक खेलकुदलाई खेलकुद पर्यटनको रुपमा विकास गर्न आवश्यक व्यवस्था गर्ने,
(ड) खेलकुदमा निजी क्षेत्रको सहभागिता र लगानीका अवसरहरुमा वृद्धि गर्न प्रोत्साहन गर्ने,

(ढ) खेलकुद सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा खेलकुदको उपयोगिताका सम्बन्धमा प्रचारप्रसार गर्ने, गराउने,

(ण) खेलकुदमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितालाई प्रोत्साहन गर्न आवश्यक प्रशिक्षण दिने तथा त्यस्ता व्यक्तिबीच प्रतिस्पर्धा हुने गरी विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने,

(त) पूर्वाधार निर्माण, प्रशिक्षण, प्रतियोगिता आयोजना सम्बन्धमा संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने,

(थ) खेलकुदको विकास तथा विस्तारमा प्रदेश सरकार र स्थानीय तहको खेलकुदसँग सम्बन्धित निकाय बा संस्थासँग समन्वय तथा सहकार्य गर्ने,

(द) राष्ट्रिय खेल संघ वा महासंघको अधिवेशनमा प्रतिनिधि पठाउने,

(ध) तोकिए बमोजिमका अन्य कार्य गर्ने,गराउने ।