३. समितिको गठन
(१) नरदेवी आयुर्वेद चिकित्सालय नामको एक समिति गठन गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका अध्यक्ष तथा सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष
(ख) प्रतिष्ठित समाजसेवीहरूमध्येबाट नेपाल सरकारद्वरा मनोनीत एक जना सदस्य
(ग) प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी) स्वास्थ्य मन्त्रालय सदस्य
(घ) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारी, जिल्ला प्रशासन कार्यालय काठमाडाँै सदस्य
(ङ) निर्देशक, आयुर्वेद विभाग सदस्य
(च) प्रतिनिधि, जिल्ला विकास समिति, काठमाडौँ सदस्य
(छ) विशेषज्ञ चिकित्सकहरूमध्येबाट समितिको सिफारिसमा नेपाल सरकारद्वारा मनोनीत एक जना सदस्य
(ज) अध्यक्ष, काठमाडाँै उद्योग वाणिज्य संघ सदस्य
(झ) अध्यक्ष, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, काठमाडौँ सदस्य
(ञ) चिकित्सालयको सिनियर सिष्टर सदस्य
(ट) चिकित्सालयको निर्देशक सदस्य सचिव
(३) उपदफा २ को खण्ड (क), (ख) र (छ) बमोजिमका सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको सदस्यहरूमा थपघट वा हेरफेर गर्न सक्नेछ ।