दफा
समितिको गठन
(१) केन्द्रको सञ्चालनको लागि देहाय बमोजिमका पदाधिकारी रहेको एक सञ्चालक समिति रहनेछ:ः- (क) सचिव, मन्त्रालय - अध्यक्ष
(ख) सहसचिव, मन्त्रालय - सदस्य
(ग) सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय - सदस्य
(घ) सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय - सदस्य
(ङ) सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य
(च) महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग - सदस्य
(छ) विश्वविद्यालयका सम्बन्धित क्षेत्रका प्राध्यापकमध्ये मन्त्रालयबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ज) समरूपता परीक्षण_सम्बन्धी पेशागत संस्था, उद्योग, वाणिज्य क्षेत्र तथा निजी क्षेत्रबाट एक-एकजनाको प्रतिनिधित्व हुने गरी मन्त्रालयबाट मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना - सदस्य
(झ) कार्यकारी निर्देशक - सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमका मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ। निजहरूको मनोनयन समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत संदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई मन्त्रालयले सदस्य पदबाट हटाउन सक्नेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।