दफा १४
समितिको गठन
(१) परिषद्को काम कारबाहीमा सहयोग गर्न देहाय बमोजिमको एक कार्यकारी समिति रहनेछः-
(क) सदस्य-सचिव - संयोजक
(ख) मन्त्रालयको खेलकुद महाशाखा प्रमुख - सदस्य
(ग) परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनीत गरेको कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(घ) परिषद्का सदस्यमध्येबाट परिषद्ले मनोनीत गरेका कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ङ) परिषद्को प्रशासन महाशाखा प्रमुख - सचिव ।
(२) उपदफा (१) बमोजिमको समिति परिषद्प्रति उत्तरदायी हुनेछ ।
(३) उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यको पदावधि परिषद्को सदस्य कायम रहेसम्मको लागि हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिमका सदस्य विना सूचना समितिको तीनवटा बैठकमा लगातार अनुपस्थित रहेमा वा समितिको काममा समय दिन वा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेमा मनोनयन गर्ने निकाय वा अधिकारीले जुनसुकै बखत निजलाई समितिको सदस्यबाट हटाई परिषद्का अन्य सदस्यमध्येबाट उपदफा (१) बमोजिम समितिको सदस्यमा मनोनयन गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम निजलाई हटाउनु अघि सफाई पेश गर्ने मनासिब मौका
दिनु पर्नेछ ।