दफा १६
समितिको बैठक र निर्णय
: (१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) समितिको सचिवले संयोजकको परामर्शमा समितिको बैठक बस्ने मिति, समय र स्थान उल्लेख गरी बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना समितिको बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सबैले पाउने गरी पठाउनु पर्नेछ ।
(४) समितिको कूल सदस्य सङ्ख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ ।
(८) समितिले कुनै विशेषज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।