नियम ११८
सम्पति विवरण पेश गर्नु पर्ने
(१) प्रत्येक निजामती कर्मचारीले आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र अनुसूची–१८ बमोजिमको सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्पmत निजामती किताबखानामा पेश गर्नु पर्नेछ ।
(२) नया“ नियुक्ति हुने कर्मचारीले उपनियम (१) बमोजिमको सम्पत्ति विवरण नियुक्ति भएको साठी दिनभित्र पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको म्याद भित्र सम्पत्ति विवरण नबुझाउने निजामती कर्मचारीहरुको वार्षिक विवरण
निजामती किताबखानाले सामान्य प्रशासन मन्त्रालय, सेवा, समुह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र राष्ट्रि«य सतर्कता केन्द्रमा
त्यस्तो विवरण दाखिला गर्नु पर्ने अन्तिम म्याद समाप्त भएको मितिले पन्ध्र दिन भित्र पठाई सक्नु पर्नेछ ।