नियम ८
सम्पत्ति वा कोष फुकुवा गर्ने प्रकृया
(१) कुनै व्यक्ति, समूह वा संगठनको नाम ऐनको दफा २९ङ. र २९च. बमोजिम सूचीमा रहेको व्यक्ति, समूह वा संगठनको नामसँग मिलेको कारणले सूचीमा रहनु नपर्ने त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष नियम ५ को उपनियम (२) र (३) बमोजिम जाँचबुझ गर्दा रोक्का भएको देखिएमा त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष फुकुवा गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आदेश दिई सोको सूचना आफ्नो वेबसाइटमा समेत तत्काल प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम फुकुवा आदेश भएमा सम्बन्धित सबै निकायले त्यस्तो सम्पत्ति वा कोष तत्काल फुकुवा गरी दिनु पर्नेछ ।