दफा ९५
सम्मानको खातिर भुक्तानी दिन सकिने
(१) विनिमेयपत्रको भुक्तानी नदिएको कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएकोमा भुक्तानी दिनुपर्ने व्यक्तिको सम्मानको खातिर अन्य कुनै व्यक्तिले त्यसको भुक्तानी दिन सक्नेछ । तर यसरी भुक्तानी दिनुभन्दा अगाडि निज वा निजको  अभिकर्ताले फलानाको सम्मानको खातिर भुक्तानी दिएको भन्ने व्यहोरा नोटरी पब्लिकको अभिलेखमा जनाउन लगाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम भुक्तानी दिंदा भुक्तानी दिने पक्षले धारकको सम्पूर्ण अधिकार प्राप्त गर्नेछ र निजले जसको सम्मानको खातिर भुक्तानी गरेको हो उसबाट भुक्तानी दिएको रकम, त्यसको ब्याज र त्यस सम्बन्धमा भएको सबै खर्च समेत भराई लिन पाउनेछ ।