दफा ९४
सम्मानको खातिर स्वीकार गर्नेको दायित्व
(१) ड्रयीले विनिमेयपत्रको भुक्तानी नदिएमा सम्मानको खातिर स्वीकार गर्नेले जसको सम्मानको खातिर स्वीकार गरेको हो सोभन्दा पछिका सबै पक्षहरूप्रति उत्तरदायी हुनुपर्नेछ । यसरी सम्मानको खातिर स्वीकार गर्नेले व्यहोर्नु परेको खर्च वा तत्सम्बन्धमा निजलार्ई हुन गएको हानी नोक्सानी जसको सम्मानको खातिर स्वीकार गरिएको हो, त्यस्ता पक्ष वा सोभन्दा अघिका पक्षहरूबाट भराई लिन पाउनेछ । तर सम्मानको खातिर  स्वीकार गर्ने व्यक्ति समक्ष विनिमेयपत्र प्रस्तुत नगरिएमा निज सो विनिमेयपत्रको लागि उत्तरदायी हुनेछैन । (२) विनिमेयपत्रको भुक्तानी मिति पूरा भएपछि ड्रयी समक्ष भुक्तानीको लागि प्रस्तुत गर्र्दा निजले भुक्तानी दिन इन्कार गरेमा र सो कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएकोमा मात्र सम्मानको खातिर स्वीकार गर्ने पक्ष उत्तरदायी हुनेछ ।