नियम ३१ख
सरुवाका अन्य आधारहरु
ऐन र यस नियमावली उल्लेख भएको व्यवस्थाको अतिरिक्त
कर्मचारीको सरुवा गर्दा देहाय बमोजिमका आधार गरिनेछ :-
(क) अति दुर्गम क्षेत्रमा लगातार तीन वर्ष सेवा गरेका वा पटक पटक गरी
त्यस्तो क्षेत्रमा छ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका कर्मचारीलाई
निजको माग बमोजिमको स्थानमा सरुवा गनृ प्राथमिकता दिइनेछ,
(ख) कुनै एक विकास क्षेत्रको लोक सेवा आयोगबाट सिफारिस भई
पदस्थापन भएको कर्मचारीले उक्त क्षेत्रमा पाँच वर्ष सेवा नगरी अर्को
विकास क्षेत्र अन्र्तगत सरुवा गरिने छैन,
(ग) अशक्त र अपाङ्गता भएका कर्मचारीलाई निजले मागेको स्थानमा सरुवा
गर्न प्राथमिकता दिइनेछ,
(घ) कर्मचारीलाई सरुवा गर्दा सामान्यतया पहिले जुन पद वा कार्यालयबाट
सरुवा भई आएको हो पुन सोही कार्यालयको सोही पदमा सरुवा गरिने
छैन,
(ङ) पचास वर्ष उमेर नाघेको कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक
अति दुर्गम क्षेत्रमा सरुवा गरिने छैन,
(च) अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि भएको
कर्मचारीलाई निजले लिखित रुपमा मागेको अवस्थामा बाहेक सरुवा
गरिने छैन ।