नियम १७
सहयोग लिने
ः (१) यो नियमावली बमोजिम मतदाता परिचयपत्र वितरण गर्ने
सिलसिलामा प्रमुख परिचयपत्र वितरणअधिकारी, प्रमुख परिचयपत्र वितरण अधिकारी
र परिचयपत्र वितरण अधिकारीले आवश्यकता अनुसार राजनैतिक दलका
प्रतिनिधिहरू, नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागहरू, स्थानीय निकाय तथा
कार्यलयका पदाधिकारीहरूसंग सहयोग लिन सक्नेछन् ।
(२) परिचयपत्र वितरण अधिकारीले परिचयपत्र तयार गर्ने र वितरण गर्ने
सन्दर्भमा प्रचार प्रसार एवं जनसहभागिता जुटाउने समेत कार्यको लागि गाउँ विकास
समितिको अध्यक्ष, उपाध्यक्ष वा सदस्य वा नगरपालिकाको प्रमुख, उपप्रमुख वा
सम्बन्धित वडाको सदस्यको आवश्यक सहयोग लिन सक्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम सहयोग मागिएको अवस्थामा सहयोग दिनु
सम्बन्धित निकाय वा पदाधिकारीको कर्तव्य हुनेछ ।