दफा ११४
साक्षी वा पीडितको संरक्षण गर्ने
(१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कसूर सम्बन्धी कुनै मुद्दामा साक्षी रहेको कुनै ब्यक्तिलाई अदालत समक्ष उपस्थित हुन वा अदालतमा वकपत्र गरिसकेपछि आप्mनो सुरक्षामा खतरा रहेको छ भन्ने लागेमा निजले त्यसको कारण खुलाई सुरक्षाको प्रबन्ध गरिदिन अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको अनुरोध भएमा अदालतले त्यस्तो साक्षीको सुरक्षाको प्रवन्ध गर्न सम्बन्धित निकायलाई आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अदालतले आदेश दिएमा त्यस्तो सुरक्षाको प्रबन्ध गर्ने कर्तव्य त्यस्तो निकायको हुनेछ ।
(४) यस दफा बमोजिम साक्षी संरक्षण गर्न अदालतले गरेको आदेश बमोजिम अपनाइएको कुनै विषयका सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन पाइने छैन ।
(५) कुनै खास कसूरबाट पीडित ब्यक्ति वा कुनै मुद्दाको साक्षीको रुपमा रहेका ब्यक्तिले साक्षीका रुपमा रहेको कारणले आफूलाई पक्षबाट अनुचित डर त्रास वा भय हुन सक्ने वा आफ्नाे जिउ ज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सूचना प्रहरीलाई दिएमा प्रहरीले त्यस्ता साक्षी वा पीडितको संरक्षण गरिदिनु पर्नेछ ।