दफा १४८
साधक पेश गर्दाको कार्यविधि
(१) दफा १४५ बमोजिम कुनै अदालतले कुनै मुद्दामा साधक पेश गर्दा त्यस्तो मुद्दाको मिसिल समेत साथै पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम साधक पेश गरेको मुद्दामा अभियुक्त थुनामा रहेको भए निज थुनामा रहेको मिति, निज रहेको कारागारको नाम तथा अभियुक्त फरार रहेको वा थुनाबाट भागेको भए सो समेत खुलाई पेश गर्नु पर्नेछ ।
(३) साधक सुनुवाई सम्बन्धी अन्य कार्यविधि पुनरावेदनको सुनुवाई सरह हुनेछ ।