नियम
सूचीमा राख्ने तथा रोक्का आदेश जारी गर्ने
(१) परराष्ट्र मन्त्रालयले ऐनको दफा २९ङ. बमोजिम सूचीकृत भएका व्यक्ति, समूह वा संगठनको नाम, ठेगाना र सो स“ग सम्बन्धित अन्य विवरण सहितको अद्यावधिक सूची तयार गरी तत्काल मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम अद्यावधिक सूची प्राप्त हुनासाथ सो सूचीमा रहेको व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने आदेश तत्काल जारी गरी सो को सूचना सम्बन्धित सबैको जानकारीको लागि आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
(३) ऐनको दफा २९च. को उपदफा (१) बमोजिम विदेशी मुलुकबाट कुनै व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्न अनुरोध भएको व्यहोरा परराष्ट्र मन्त्रालय मार्फत मन्त्रालयमा प्राप्त हुन आएमा मन्त्रालयले देहायका विषयमा जाँचबुझ गर्नु पर्नेछः–
(क) सम्बन्धित देशको कानून बमोजिम अनुरोध भई आए वा नआएको,
(ख) त्यस्तो कुनै व्यक्ति, समूह वा संगठन वा सो को सम्पत्ति वा कोष नेपालमा रहे भएको वा हुन सक्ने तथ्यगत आधार खुले वा नखुलेको,
(ग) त्यस्तो अनुरोध नेपालको प्रचलित कानून बमोजिम भए वा नभएको,
(घ) त्यस्तो अनुरोध मार्फत रोक्का राख्न खोजिएको सम्पत्ति वा कोषस“ग सम्बन्धित व्यक्ति, समूह वा संगठन नेपालमा रहे वा नरहेको, वा
(ङ) त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष नेपालमा भएको वा हुन सक्ने सम्भावना रहे वा नरहेको ।
(४) मन्त्रालयले उपनियम (३) बमोजिमको जाँचबुझ त्यस्तो अनुरोध प्राप्त भएको मितिले बढीमा तीन दिन भित्र गरिसक्नु पर्नेछ ।
(५) मन्त्रालय आफैंले नेपाल वा विदेशमा रहेको कुनै व्यक्ति, समूह वा संगठनलाई ऐनको दफा २९च. को उपदफा (३) बमोजिम आतड्ढकारी व्यक्ति, समूह वा संगठनको सूचीमा सूचीकृत गर्ने कारवाही अगाडि बढाउन परेमा देहायका विषयमा जाँचबुझ गर्नु पर्नेछः–
(क) ऐन वा प्रचलित कानून बमोजिम आतड्ढकारी कार्य हुने वा हुन सक्ने वा आतड्ढबादी क्रियाकलापमा वित्तीय लगानी गरेको वा गर्न सक्ने मनासिव आधार भएको,
(ख) खण्ड (क) बमोजिमका कार्य गर्ने व्यक्ति, समूह वा संगठनसँग आबद्ध रहेको वा सोमा आबद्ध हुन सक्ने मनासिव आधार भएको अन्य व्यक्ति, समूह वा संगठन ।
(६) उपनियम (३) वा (५) बमोजिम जा“चबुझ गर्दा त्यस्तो कुनै व्यक्ति, समूह वा संगठन आतड्ढकारी व्यक्ति वा समूह वा संगठन भएको वा हुन सक्ने मनासिव आधार भएको पाइएमा ऐनको दफा २९च. को उपदफा (३) बमोजिम आतड्ढकारी व्यक्ति वा समूह वा संगठनको सूचीमा सूचीकृत गर्न तथा त्यस्ता व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने आदेश जारी गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष
पेश गर्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले त्यस्तो कुनै व्यक्ति, समूह वा संगठन आतड्ढकारी व्यक्ति वा समूह वा संगठनलाई सूचीकृत गरी सम्पत्ति वा कोष रोक्का राख्ने आदेश जारी गरेमा मन्त्रालयले अनुसूची–१ बमोजिमको ढा“चामा तत्काल आÇनो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।