नियम
हाजिर हुने
नियम ४ बमोजिम सूचना जारी गरिएपछि लगत लिने समयमा सम्बन्धित जग्गावाला, मोही, संधियार, जिमिदारीको एजेन्ट वा निजहरूको प्रतिनिधिले लगत लिन खटिएको भूमिसुधार टोलीहरूको सामुन्ने हाजिर भई सो लगतको काम समाप्त नभएसम्म रूजु हाजिर रही लगत दिनु दिलाउनुपर्छ । भूमिसुधार टोलीले मागेको बखत पेश गर्न सकिने गरी जिमिदारीको एजेन्ट वा निजका प्रतिनिधिले सम्बन्धित जग्गाको आफूसँग भएको श्रेस्तासाथ हाजिर हुुनु पर्दछ । लगत लिने समय सम्बन्धित सबै व्यक्तिहरू हाजिर हुन नआएमा हाजिर भएसम्मका सम्बन्धित व्यक्तिहरूलाई राखी लगत लिन सकिनेछ ।