(दफा १५ को उपदफा (२) को खण्ड (ग) सँग सम्बन्धित)
कृषि तथा वन पैदावारमा आधारित उधोग
१ फलफूल खेती वा फलफूल प्रशोधन,
२ खाद्यवस्तु प्रशोधन,
३ पशुपालन, पंक्षीपालन (अष्ट्रिच समेत), पशुपंक्षी प्रजनन र मासु उत्पादन तथा प्रशोधन,
४ दूध उधोग (दूधका परिकार उत्पादन समेत),
५ मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ्ग,
६ रेशम खेती तथा रेशम प्रशोधन,
७ चिया बगान, चिया प्रशोधन,
८ कफी खेती, कफी प्रशोधन,
९ जडिबुटी खेती, जडिबुटी प्रशोधन,
१० तरकारी बीउ बिजन उत्पादन,
११ तरकारी खेती, तरकारी प्रशोधन,
१२ हरित गृह स्थापना र सञ्चालन,
१३ मौरीपालन (मौरी प्रजनन, मह उत्पादन र प्रशोधन),
१४ पुष्प खेती, पुष्प प्रशोधन (माला बनाउने, सजावट गर्ने, गुच्छा बनाउने र बीउ बिजन उत्पादन समेत),
१५ नर्सरी व्यवसाय,
१६ रबर खेती, रबरको प्रारम्भिक प्रशोधन र सञ्चालन,
१७ शीत भण्डार, कृषि बजार
१८ सामुदायिक, कबुलियति, साझेदारी र निजी वनको स्थापना र व्यवस्थापन,
१९ नगदेबालीको व्यावसायिक खेती तथा प्रशोधन (जस्तैः ऊखु, कपास, सनपाट, सजिवन, स्वीट सरघम, स्टेभिया रेवौडिएन, सुर्ती, जुट, अलैंची, अदुवा, केशर, तेलहन र यस्तै मसलावाली, दलहन आदि),
२० वेत, बाँस खेती र वेत बाँसजन्य उत्पादनहरु,
२१ वनस्पति उद्यान स्थापना र व्यवस्थापन,
२२। वनस्पति प्रजनन व्यवसाय (टिस्सु कल्चर समेत),
२३ बीउबिजन प्रशोधन,
२४ अन्य गैर काष्ठजन्य वन पैदावारमा आधारित ।