(दफा १७ सँग सम्बन्धित)
राष्ट्रिय प्राथमिकताप्राप्त उधोग
१. उर्जामूलक उधोगहरु,
२. कृषि तथा वन पैदावारमा आधारित उधोग,
३ निर्माण उधोग,
४. निर्यातमूलक उधोग,
५. पूर्वाधारसहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन, गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा पर्यटन, वाटर र्याफ्टिङ, सभा सम्मेलन पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, मनोरञ्जन पार्क निर्माण तथा सञ्चालन, वन्यजन्तु आरक्षण,
६. खनिज उद्योग, पेट्रोलियम तथा प्राकृतिक ग्यास तथा इन्धन अन्वेषण तथा उत्पादन,
७. स्वदेशी चुनढुङ्गा प्रयोग गरी क्लिङ्गर तथा सिमेन्ट उत्पादन गर्ने उद्योग, पल्प तथा कागज, चिनी, रासायनिक मल (मिश्रणबाहेक), प्राङ्गारिक मल, धूलो दूध, औषधि उत्पादन, फोहोरमैला तथा खेर गएको वस्तुको प्रशोधन, इन्धन बचत गर्ने उपकरण उत्पादन गर्ने उधोग, प्रदूषण कम गर्ने उपकरण उत्पादन गर्ने उधोग र अपाङ्गहरुले प्रयोग गर्ने साधन तथा उपकरण उत्पादन गर्ने उधोग, कृषि यन्त्र उपकरण तथा औद्योगिक मेसिनरी बनाउने उधोग, विद्युतबाट चल्ने सवारी साधनहरु उत्पादन गर्ने उधोग,
८. काठमाडौं उपत्यका, पोखरा उपमहानगरपालिका र तराई क्षेत्रका उपमहानगरपालिका तथा नगरपालिका क्षेत्र बाहिर स्थापना हुने अस्पताल, नर्सिङहोम, पशु अस्पताल एवं चिकित्सालय, स्वास्थ्य परीक्षण सेवा, स्वास्थ्य प्रयोगशाला, जैविक अनुसन्धानशाला र शिक्षण एवं प्रशिक्षण संस्थाहरु,
९. घरेलु उधोग ।