नियम ३
अनुमतिपत्र
(१) ऐनको दफा ४ बमोजिम मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउन चाहने स्वास्थ्य संस्थाले तत्सम्बन्धी काम गर्ने अनुमतिपत्रको लागि अनुसूची–१ बमोजिमको दस्तुर सहित अनुसूची–२ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेपछि त्यस्तो दरखास्त दिने स्वास्थ्य संस्थामा अनुसूची–३ बमोजिमको भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सुविधाको वन्दोवस्त भए नभएको र त्यस्ता जनशक्तिले अनुसूची–४ र ५ बमोजिमको योग्यता प्राप्त गरे नगरेको सम्बन्धमा समितिले आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा सो बमोजिम भएको देखिएमा समितिले त्यस्तो स्वास्थ्य संस्थालाई अनुसूची–६ बमोजिमको ढाँचामा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्रदान गर्नेछ ।