नियम ४८
अपढलेखन
:“(१) सदस्य संस्थाले लगानी गरेको कर्जा असुली सम्बन्धमा देहायको प्रक्रिया पूरा गर्दा समेत कर्जा असुल उपर हुन नसकेमा सदस्य संस्थाले कोषको स्वीकृति लिई त्यस्तो कर्जा अपलेखन गर्न सक्नेछ:-

(क) कर्जा अपलेखन सम्बन्धी. नेपाल राष्ट्र बैङ्कको निर्देशन तथा सम्बन्धित सदस्य संस्थाको विनियम बमोजिमको प्रक्रिया पूरा गरेको,

(ख) कर्जा सूचना केन्द्रले क्रणी तथा क्रणसँग - सम्बन्धित पक्षलाई कालोसूचीमा समावेश गरेको,

(ग) सदस्य संस्थाले क्रण असुलीका लागि अदालत वा क्रण असुली न्योयाधिकरण समक्ष मुद्दा दायर गरेकोमा अन्तिम फैसला भएको मितिले पाँच वर्ष पूरा हुँदा समेत फैसला कार्यान्वयन वा कर्जा असुली हुन नसकेको । "

“(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सदस्य संस्थाले यस नियमावलीको अधीनमा रही अपलेखन गरेको कर्जाको असुली कारबाही रोक्न पाउने छैन। " (२) सदस्य संस्थाले नियम ४३ बमोजिम दाबी भुक्तानी प्राप्त गरेको कर्जाको उपनियम (१) बमोजिम अपलेखनको स्वीकृतिको लागि अनुसूची-१९ बमोजिमको विवरण कोषमा पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम अपलेखन गरिएको रकम दाबी भुक्तानी भएको रकमभन्दा बढी हुने छैन ।

(४) कोषले आवश्यक ठानेमा अपलेखन गर्न स्वीकृतिको लागि पेश भएको कर्जाको स्थलगत रुपमा धितो मूल्याङ्कन गरी अपलेखन गर्न सक्ने रकम निर्धारण गर्न सक्नेछ ।

(५) अपलेखनको स्वीकृति प्राप्त भएपछि दाबी भुक्तानी भएको कर्जा आंशिक वा पूर्ण रुपले असुल उपर भएमा वा सम्बन्धित: क्रणीको बीमा बापतको रकमबाट असुल उपर हुन गएमा त्यसरी असुल उपर भएको रकममध्ये कोषले दाबी भुक्तानी दिएको प्रतिशतले हुन आउने रकम पैंतीस दिनभित्र कोषलाई फिर्ता गर्नु पर्नेछ।