नियम ३३
पारिश्रमिक
: सुरक्षण गरिने पशुधनको स्वास्थ्य परीक्षण गर्ने, सङ्केत पट्टा लगाउने, मृत्यु प्रमाणित गर्ने तथा अनुत्पादक प्रमाणित गर्ने कार्य गरे बापत सम्बन्धित प्राविधिक, सम्बन्धित सदस्य संस्थाका कर्मचारी र सामूहिक जमानी अन्तर्गत खरिद भई सुरक्षण भएका पशुधनको हकमा समूहको अध्यक्षलाई कोषले जनही प्रति ठूला पशुधनको एक सय रुपैयाँ र साना पशुधनको पचास रुपैयाँ र पशुधनलाई पुन सङ्केत पट्टा लगाएबापत प्रति पशुधन पच्चीस रुपैयाँका दरले पारिश्चमिक दिनेछ ।
३३क:एजेण्ट तोक्न सक्ने: (१) पशुधन सुरक्षण कार्यक्रमको बिक्री वितरण, बजार विस्तार र व्यवसाय प्रवर्द्धनका लागि देहायको योग्यता पुगेको व्यक्तिलाई कोषले प्रयोजन खुलाई आफ्नो एजेण्टको रुपमा काम गर्ने गरी तोक्न सक्नेछः-
(क) बैङ्क, वित्तीय संस्था, सहकारी: संस्था वा बीमा सम्बन्धी कार्य: गर्ने सङ्गठित संस्थामा कम्तीमा तीन वर्ष कार्य गरेको वा प्रचलित कानून “बमोजिम कम्तीमा "घ" श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा काम गर्ने गरी नेपाल सरकारबाट : मान्यता प्राप्त निकायमा दर्ता भएको वा त्यस्तो निकायबाट इजाजत प्राप्त गरेको,
(ख) कम्तीमा माध्यमिक शिक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, र
(ग) कोषले सञ्चालन गरेको पशुधन सुरक्षण सम्बन्धी तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको ।
(२) उपनियम (१) बमोजिम तोकिएको एजेण्टलाई समितिले निर्धारण गरे बमोजिम कमिशन दिइनेछ। त्यसरी कमिशन निर्धारण गर्दा एजेण्टको कार्य सम्पादनको आधारमा निर्धारण गरिनेछ ।
(३) उपनियम (१) बमोजिम तोकिएको एजेण्टको एजेन्सी बहाल रहने अवधि तीन वर्षको हुनेछ। (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम तोकिएको एजेण्टले ऐन तथा यस नियमावली विपरीतको काम कारबाही गरेमा वा कोषलाई हानि नोक्सानी पुच्याउने कुनै कार्य गरेमा निजलाई प्रमुख कार्यकारी अधिकृतले जुनसुकै बखत एजेण्टबाट हटाउन सक्नेछ।
(५) उपनियम (१) बमोजिम तोकिएको एजेण्टको काम, कर्तव्य र: अधिकार कोषले निर्धारण गरे बमोजिम हुनेछ।”