नियम १३
अयोग्यत
देहायको व्यक्ति रिभर गाइडको अनुमतिपत्रको लागि योग्य हुने छैन–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
(ख) कुनै मानसिक वा सरुवा रोग लागेको,
(ग) नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट रिभर गाइडको तालीम नलिएको,
(घ) रिभर गाइडको अनुमतिपत्र खारेज भई तीन वर्षको अवधि भुक्तान भई नसकेको ।