नियम
परिभाषा
  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ ।
(ख) “जलयात्रा (्याफ्टि·)” भन्नाले कायक, क्याटाकयाट, डुङ्गा, नाउ वा अन्य यस्तै प्रकृतिका नदीमा तैरिने जलयात्राका साधन प्रयोग गरी मनोरञ्जन, प्राकृतिक वा सा“स्कृतिक दृश्यावलोकनको लागि नदीमा गरिने यात्रा सम्झनु पर्छ ।
(ग) “इजाजतपत्र” भन्नाले जलयात्राको व्यवसाय गर्न नियम ५ बमोजिम दिइने इजाजतपत्र सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “जलयात्रा व्यवसायी” भन्नाले जलयात्रा व्यवसाय गर्नको लागि प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी वा फर्म सम्झनु पर्छ
(च) “जलयात्रा टोली” भन्नाले एक वा एकभन्दा बढी सदस्य भएको जलयात्रा गर्ने टोली सम्झनु पर्छ ।
(छ) “रिभर गाइड” भन्नाले जलयात्रा टोलीलाई जलयात्रामा सहयोग गर्ने कामको लागि नियम १२ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ज) “अनुमतिपत्र” भन्नाले रिभर गाइडको काम गर्न नियम १२ बमोजिम दिइने अनुमतिपत्र सम्झनु पर्छ ।