नियम
अवधि

 

उच्च दक्ष उपचारिकाको सेवाको अवधि ५ वर्षको हुनेछ ।

तर, वफादारिका साथ लामो समयसम्म सेवा गरेका उच्च दक्ष उपचारिकाको आवश्यक छ भन्ने कुरा प्रधान सेनापतिलाई लागेमा शारीरिक रुपले तन्दुरुस्ती भई काम दिन सक्ने भनी सैनिक स्वास्थ्य सेवा निर्देशकको सिफारिस भएमा उच्च दक्ष उपचारिकालाई पाँच वर्षको अवधि पूरा भएपछि पनि उमेरको हद ननाघ्ने गरी अर्को दुई वर्षको लागि एक पटकको अवधि थप गर्न प्रधान सेनापतिले आफ्नो राय सहित स्व कृतिको लागि नेपालसरकार, रक्षा मन्त्रालयमा पेश गर्नु पर्ने छ ।