नियम ४
योग्यता
देहायका योग्यता पुगेका महिलाहरू मात्र देहायको सैनिक उपचारिकाको पदमा नियुक्तिको लागि योग्य मानिने छन्ः–
(क) सहायक उपचारिकाको लागि नेपाल सरकारको मान्यता प्राप्त कुनै शिक्षण संस्थाबाट नरसिङ विषयमा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण
गरेको,
(ख) सह–उपचारिकाको लागि नेपाल सरकारको मान्यताप्राप्त कुनै शिक्षण संस्थाबाट नरसिङ विषयमा स्नातक तहको परीक्षा उत्तीर्ण गरेको वा बी.एस्सी. नरसिङ कोर्ष पास गरेको,
(ग) नियुक्तिको लागि छानिने वर्षको वैशाख १ गते सम्ममा ३० वर्ष उमेर ननाघेको,