विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–
(क) “सैनिक अस्पताल” भन्नाले नेपाली सेनाद्वारा व्यवस्थित केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल र जिल्ला अस्पताल सम्झनु पर्छ र सो शब्दले स्थायी वा अस्थायी बासस्थान भएको स्वास्थ्य केन्द्रसमेतलाई जनाउ“छ ।
(ख) “सैनिक उपचारिका (नरसिङ सिष्टर्स)” भन्नाले सैनिक अस्पतालमा रहेका सहायक उपचारिका, सह–उपचारिका, वरिष्ठ उपचारिका, सह दक्ष उपचारिका, दक्ष उपचारिका वा उच्च दक्ष उपचारिका सम्झनु पर्छ ।
(ग) “सहायक उपचारिका” भन्नाले सुवेदारको पद प्राप्त सैनिक उपचारिका सम्झनु पर्छ ।
(घ) “सह उपचारिका” भन्नाले उपसेनानीमा आयुक्त पद प्राप्त सैनिक उपचारिका सम्झनु पर्छ ।
(ङ) “वरिष्ठ उपचारिका” भन्नाले सह–सेनानीमा आयुक्त पद प्राप्त सैनिक उपचारिका सम्झनु पर्छ ।
(च) “सह–दक्ष उपचारिका” भन्नाले सेनानीमा आयुक्त पद प्राप्त सैनिक उपचारिका सम्झनु पर्छ ।
(छ) “दक्ष उपचारिका” भन्नाले प्रमुख सेनानीमा आयुक्त पद प्राप्त सैनिक उपचारिका सम्झनु पर्छ ।
(ज) “उच्च दक्ष उपचारिका” भन्नाले महासेनानीमा आयुक्त पद प्राप्त सैनिक उपचारिका सम्झनु पर्छ ।
(झ) “प्रवर समिति” भन्नाले ………….. सैनिक प्राविधिक सेवा नियमहरू, २०१९ को नियम ४ बमोजिम गठित प्रवर समिति सम्झनु पर्छ ।