(१) कसैले ऐन वा यस नियमावली विपरीत उपभोक्ताको हक हित प्रतिकूल कुनै काम गरेमा वा गर्ने प्रयत्न गरेमा उजुरवालाले मन्त्रालय वा सम्बन्धित निरीक्षण अधिकृत समक्ष अनुसूची –२ बमोजिमको ढाँचामा उजुरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइने उजुरीमा देहायका कुराहरू स्पष्ट रूपमा खुलाइएको हुनु पर्नेछ :–
(क) ऐन वा यस नियमावली विपरीत उपभोक्ताको हक हित प्रतिकूल काम गर्ने वा त्यस्तो काम गर्ने प्रयत्न गर्ने व्यक्ति वा संस्थाको नाम र ठेगाना।
(ख) खण्ड (क) बमोजिमको काम कारबाहीबाट भएका हानी नोक्सानी वा हुन सक्ने सम्भावित क्षतिको विवरण ।
(ग) प्राप्त गरेको उपभोग्य वस्तु वा सेवामा रहेको त्रुटि वा कमीको विवरण ।
(घ) उजुरीमा उल्लिखित विवरणलाई पुष्ट्याँई हुने किसिमका सबूत प्रमाण ।
(३) यस नियम बमोजिम दिइने उजुरी उजुरवालाले त्यस्तो उजुरी गर्ने कारण भएको मितिले सात दिनभित्र दिइसक्नु पर्नेछ ।