नियम ३५
प्रतिवेदन

() यस नियमावली बमोजिम निरीक्षण, जाँचबुझ वा खानतलासी गरिसकेपछि निरीक्षण अधिकृतले काम सकिएको मितिले तीन दिनभित्र देहायका कुराहरू खुलाई मन्त्रालय समक्ष लिखित प्रतिवेदन पेश गर्नु पर्नेछ :–

() त्यस्तो निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नु परेको ठाउँ तथा कारण

() त्यस्तो ठाउँमा फेला परेका उपभोग्य वस्तु सोसँग सम्बन्धित अन्य विवरण

() फेला परेका उपभोग्य वस्तु रोक्का वा कब्जा गर्नु परेकोमा त्यसरी रोक्का वा कब्जा गर्नु परेको कारण

() उपभोग्य वस्तुको नमूना लिनु परेकोमा सो लिनु परेको कारण

() उपभोग्य वस्तु रोक्का राख्दा उपभोग्य वस्तुको नमूना लिँदा के कति उपभोग्य वस्तु कुन रूपमा भाँडोमा राखी सिलबन्दी गरिएको त्यस्तो भाँडो के कति कामको लागि कहाँ कहाँ पठाइएको

() त्यस्तो निरीक्षण, जाँचबुझ खानतलासी पछि सो सम्बन्धमा गर्नु पर्ने बाँकी काम कारवाहीको विवरण