३. उद्देश्य
देशको सामाजिक तथा आर्थिक विकासमा सघाउ पु¥याउन निजी क्षेत्रसमेतको सहभागितामा नेपालभरि उचित मूल्यमा भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ गराउन अनुकूल वातावरणको सिर्जना गर्नु प्रस्तुत दूरसञ्चार नीतिको मुख्य उद्देश्य रहेको छ । यस सर्वोपरि उद्देश्य प्राप्तिमा
सहयोग पु¥याउन देहायका उद्देश्यहरू निर्धारण गरिएका छन् ।
३.१ नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणको पहुँच दूरसञ्चार सेवामा पु¥याउन बसोबास भएका क्षेत्रमा बोलाउँदा सुनिने दूरीमा दूरसञ्चार सेवा उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।
३.२. नेपालका सहरी क्षेत्रमा मागअनुसार दूरसञ्चार सेवा उपलब्ध गराइनेछ । व्यापारिक क्षेत्रमा व्यावसायिक ९अयचउयचबतभ० दूरसञ्चार सेवा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ ।
३.३. सहरी क्षेत्रमा उपभोक्तालाई विभिन्न सेवाप्रदायकबाट सेवा चयन गर्न पाउने अवसर प्रदान गरिनेछ । ग्रामीण क्षेत्रमा पनि सोहीअनुरूप सेवा चयन गर्न पाउने व्यवस्था क्रमशः विस्तार गर्दै लगिनेछ ।
३.४. ग्रामीण क्षेत्रको विकास तथा गरिबी निवारणको लागि उपयुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न पाउने व्यवस्था मिलाइनेछ ।