दफा
पृष्ठभूमि

१. पृष्ठभूमि

नेपालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएपछि अवलम्बन गरिएका नीतिहरू सही दिशातिर अग्रसर भएको देखिए तापनि आर्थिक तथा सामाजिक क्षेत्रमा हासिल भएको उपलब्धिले बहुसंख्यक जनताको आकांक्षालाई पूरा गर्न सकेको पाइँदैन । खासगरी बितेको दशकमा शिक्षा, स्वास्थ्य तथा सामाजिकजस्ता केही क्षेत्रमा उपलब्धि देखिए तापनि मानव विकासको दृष्टिबाट नेपाल विश्वको निम्नस्तरमा रहेका देशहरूको समूहमा पर्दछ । यसै स्थितिलाई मनन गरी नेपाल सरकारले राष्ट्रिय विकासमा गरीवी निवारणलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ । सो लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले फराकिलो एवं दिगो आर्थिक बृद्धि, सामाजिक क्षेत्रको विकास, लक्षित कार्यक्रमहरू र सुशासनलाई विकास रणनीतिको प्रमुख आधारको रूपमा अंगालेको छ । यसै पृष्ठभूमिमा दूरसञ्चार क्षेत्रले राष्ट्रको समष्टिगत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ भन्ने नेपाल सरकारको धारणा रहेको छ ।