५. उद्देश्यहरू
यस नीतिका उद्देश्य देहायबमोजिम रहेका छन् ः
(१) राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाहरूको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने,
(२) युवाहरूलाई राष्ट्र एवम् राष्ट्रियता, जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रति समर्पित र प्रतिवद्ध बनाउँदै उत्तरदायित्व र जवाफदेहि भावनामा वृद्धि गर्ने,
(३) युवावर्गमा सिर्जनशीलता, उद्यमशीलता र नवोन्वेशी ९क्ष्ललयखबतष्खभ० क्षमताको विकास गरी विकासको आधारभूत शक्तिको रूपमा विकास गर्ने र उनीहरूमा रहेको अन्तर्निहित क्षमता उजागर गर्ने,
(४) श्रमप्रति सम्मानगर्ने संस्कृतिको विकास गर्दै युवाहरूको शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोवलयुक्त, नैतिकवान, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक रूपमा दक्ष युवा तयार गर्ने, (५) युवाहरूका आधारभूत अधिकारहरूलाई सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरूमा युवा वर्गको पहुँचलाई वृद्धि गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयन प्रक्रियामा लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताको माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवाहरूलाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्ने,
(६) शिक्षा आर्जनको क्रममा रहेका तथा समाजमा आफ्नो पहिचान स्थापित गर्ने संवेदनशील अवस्थामा रहेका युवाहरूको शिक्षा, रोजगारी, वृत्ति लगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउ पु¥याउने,
(७) प्राथमिकताको समूह तथा विशेष प्राथमिकताको समूहमा परेका युवाहरूलाई सकारात्मक विभेदको माध्यमबाट सशक्तीकरण गरी विकासको मूल प्रवाहमा ल्याउने ।