१. पृष्ठभूमि
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च
आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको
मेरूदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको छ ।
युवाहरूमा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी; युवाहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति; समानता एवं समतामूलक वितरणको सिद्धान्त; संवैधानिक सर्वाेच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता; जाति, भाषा र वातावरणीय सम्पदाको संरक्षण र सम्वद्र्धन तथा सह–अस्तित्व जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवद्र्धन हेतु यो नीति तर्जुमा गरिएको छ ।