दफा
परिभाषा

३. परिभाषा

यस नीतिको प्रयोजनका लागि ः–

(१) “युवा” भन्नाले १६ — ४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने छ ।
(२) “प्राथमिकताको समूह” भन्नाले महिला, आदिवासी, जनजाति, दलित, मधेशी तथा पिछडिएको क्षेत्रमा रहेका युवाहरूलाई जनाउने छ ।
(३) “विशेष प्राथमिकताको समूह” भन्नाले द्वपीडित, जोखिममा परेका युवा, अपाङ्गता भएका युवा र सीमान्तकृत अल्पसङ्ख्यक समुदायका युवालाई जनाउने छ ।
(४) “द्वन्द्वपीडित युवा” भन्नाले २०५२ साल देखि २०६३ मंसिर ५ गते सम्म नेपालमा भएको सशस्त्र द्वन्द्व र पछिल्ला समयका द्वन्द्वमा परी मृत्यु भएका पीडित परिवारका, अङ्गभङ्ग बनाइएका तथा विस्थापित भएका युवाहरूलाई जनाउने छ ।
(५) “जोखिममा रहेका युवा” भन्नाले एच.आई.भी.÷एड्स सङ्क्रमित, बेचबिखनमा परेका, लागू औषधको प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, सडकमा रहेका, मुक्त कमैया परिवारका तथा असुरक्षित गन्तव्यका मुलुकहरूमा वैदेशिक रोजगारीमा संलग्न
युवाहरूलाई जनाउने छ ।
(६) “अपाङ्गता भएका युवा” भन्नाले सबै प्रकारका शारीरिक र मानसिक अपाङ्गता भएका युवाहरूलाई जनाउने छ ।
(७) “सीमान्तकृत अल्पसङ्ख्यक समुदायका युवा” भन्नाले भौगोलिक विकटता, जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, वर्गीय तथा लैङ्गिक आधारमा राज्य तथा गैरराज्यका सेवा सुविधाबाट वञ्चित, सीमान्तकृत तथा राष्ट्रिय विकासको मूल प्रवाहमा आउन नसकेका अन्य युवाहरूलाई जनाउने छ ।