८. उद्देश्यहरू
८.१ शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास र सहकारी सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने ।
८.२ कृषि क्षेत्र लगायत अन्य उत्पादन तथा सेवामा आधारित सबै प्रकारका व्यवसायमा सहकारीलाई क्रियाशील तुल्याउने ।
८.३ महिला, गरीब, सीमान्तकृत, अपाङ्ग, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिबृद्धि गर्ने ।
८.४ सहकारी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रभावकारी, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउने ।
८.५ सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरूको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको अवलम्बन तथा नियमन मार्फत सहकारी क्षेत्रमा सुशासन कायम गर्ने ।
८.६ सहकारी उद्योग व्यवसायहरूको विकास, विस्तार र प्रवद्र्धन गर्न सरकार, सहकारी, निजीक्षेत्र तथा विकास साझेदारहरू बीच सहकार्य र सहयोगलाई प्रवद्र्धन गर्ने ।
८.७ सहकारीको विकास, विस्तार र प्रवद्र्धनका लागि दीर्घकालीन योजना, मानव संसाधन विकास, आवश्यक संगठन संरचनाहरूको निर्माण एवं कानूनी व्यवस्थाहरू गर्ने ।