९.१ शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास र सहकारीसम्बन्धी जनचेतना अभिबृद्धि गर्ने सम्बन्धमा देहायका नीतिहरू अवलम्बन गरिने छ ः
९.१.१. सहकारीको मूल्य र सिद्धान्तहरूलाई अनुशरण गर्न गराउन सबै सहकारी संघ संस्थाहरूलाई अभिप्रेरित गरिने छ ।
९.१.२. सहकारी शिक्षा, तालिम र सूचनालाई व्यापक र प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकाय तथा सहकारी संघ संस्थाहरूलाई प्रभावकारी ढंगले परिचालन गरिने छ ।
९.१.३. सदस्यहरूको चेतना अभिवृद्धि गर्न र व्यवस्थापन क्षमता बढाउन सहकारी अनुशिक्षण र तालिमलाई अनिवार्य गरिदै लगिने छ ।
९.१.४ सहकारी सम्बन्धी तालिम दिने र सूचना सम्प्रेषण गर्ने काममा सहकारीका संघ संस्थाहरूको अग्रसरता र सहभागितालाई प्रोत्साहित गरिने छ ।
९.१.५ आम नागरिकहरूलाई सहकारी सम्बन्धी जनचेतना अभिबृद्धिका लागि सरकार, स्थानीय निकाय, सहकारी क्षेत्र, नागरिक समाज, विकास साझेदार, शैक्षिक क्षेत्र, सञ्चार जगतका साथै सम्बद्ध सामाजिक संघ संस्थाहरू परिचालन गरिने छ ।
९.२ कृषि क्षेत्र लगायत अन्य उत्पादन तथा सेवामा आधारित सबै प्रकारका व्यवसायमा सहकारीलाई क्रियाशील तुल्याउन देहायका नीतिहरू अवलम्बन गरिने छ ः
९.२.१. सहकारी पद्धतिबाट उद्योग व्यवसाय स्थापना र सञ्चालन गर्न कुनै अवरोध नहुने गरी सम्बन्धित विषयहरूको क्षेत्रगत नीति तथा कानूनहरूमा परिमार्जन गरिने छ ।
९.२.२ श्रमिकहरूको स्वामित्व रहने सहकारी उद्योग व्यवसाय मार्फत रोजगारीको सिर्जना गर्न नीतिगत व्यवस्थाका साथै उपयुक्त कार्यक्रमहरूको तर्जूमा गरी कार्यान्वयन गरिने छ ।
९.२.३ सहकारी उद्योग व्यवसायलाई स्वच्छ र वातावरण मैत्री बनाउन आवश्यक प्रविधिको उपयोगमा प्रोत्साहित गरिनेछ ।
९.२.४ कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण र कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संघ संस्थाहरूको संलग्नतालाई प्रोत्साहन गरिने छ ।
९.२.५ सार्वजनिक क्षेत्रका कलकारखाना, कृषि फर्म तथा बजार केन्द्रहरूको व्यवस्थापनमा सहकारी संघ संस्थाहरूको संलग्नता र सहभागितालाई प्राथमिकता दिइने छ ।
९.२.६ कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, वीमा, पर्यटन, सञ्चार जस्ता उत्पादन तथा सेवाका उद्योग व्यवसायमा सहकारी संघ संस्थाको लगानी र व्यवस्थापनलाई उत्पे्ररित गरिने छ ।
९.२.७ स्थानीय पूँजी, श्रम, सीप र साधनको परिचालन गरी ग्रामीण अर्थतन्त्रको विकास गर्न सहकारीमा आधारित कृषिसँग सम्बन्धित उद्योग व्यवसायलाई प्रवद्र्धन गरिने छ ।
९.३ महिला, गरीब, अपाङ्ग, सीमान्तकृत, भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरूका साथै आम नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारीको पहुँच अभिबृद्धि गर्न देहायका नीतिहरू अवलम्बन गरिने छ ः
९.३.१ लैंगिक दृष्टिकोणले पछि परेका सहकारीमा आवद्ध महिलाहरूलाई एकल तथा सामूहिक रुपमा उद्योग व्यवसाय सञ्चालन गर्ने क्षमता विकासका लागि आवश्यक पर्ने व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गर्न सहयोग उपलब्ध गराइने छ ।
९.३.२ विपन्न परिवारलाई सहकारी संस्थाहरूमा आबद्ध गराई सामूहिक उद्योग व्यवसायहरू सञ्चालन गरी उनीहरूको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा योगदान पु¥याउने गरी लक्षित कार्यक्रमहरू सञ्चालन गरिने छ ।
९.३.३ लक्षित समूहद्वारा सञ्चालन गरिने उद्योग व्यवसायहरूका लागि विँउ पूँजीको व्यवस्थापन एवं व्यावसायिक क्षमता अभिबृद्धि गर्न सहुलियतपूर्ण ऋण तथा पूँजीगत अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
९.३.४ सहकारी संघ संस्थाहरूको नेतृत्वमा लैंगिक समानता र समावेशीको अवधारणा विकास गर्न सकारात्मक विभेदका विशेष व्यवस्थाहरूका साथै नेतृत्व क्षमता विकासका लागि सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
९.३.५ विकास साझेदारहरूको सहकार्यमा लक्षित समुदाय र क्षेत्रमा सहकारी संघ संस्थाहरूको स्थापना र सञ्चालनका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
९.३.६ अनौपचारिक समूहहरूलाई सहकारीमा रुपान्तरण गरी क्षमता अभिबृद्धिका कार्यक्रमहरू सहित संस्था दर्ताको प्रकृयालाई सहकारीका कार्यालयहरूबाट सहजीकरण गरिने छ ।
९.३.७ समुदायका सदस्यहरूलाई सहकारीको माध्यमबाट एकजुट भई उद्योग व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने खालका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
९.३.८ गरीब घरपरिवार पहिचान सहित त्यस्ता व्यक्तिहरूलाई सहकारीमा संगठित गरी बचत परिचालन, विना धितो कर्जा, जोखिम व्यवस्थापन, सीपमूलक तालिम, कृषि उत्पादन तथा लघु उद्यम स्थापनामा सहयोग उपलब्ध गराइने
छ ।
९.४ सहकारी प्रबद्र्धित उद्योग व्यवसायको विकास तथा विस्तार गर्दै सहकारी क्षेत्रलाई प्रतिस्पर्धी, प्रभावकारी एवं गुणस्तरीय बनाउन देहायका नीतिहरू अवलम्बन गरिने छ ः
९.४.१ सहकारी उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाउन सहकारी प्रति रहेका सबै प्रकारका विभेदकारी व्यवस्थाहरूको अन्त्य गरिने छ ।
९.४.२ आर्थिक विकासका सम्भावित क्षेत्रहरूमा सहकारी उद्योग व्यवसायको विस्तार एवं विविधिकरणलाई प्रोत्साहन गरिने छ ।
९.४.३ सहकारी क्षेत्रलाई सक्षम बनाउन वित्तीय सहयोग उपलब्ध गराउनुका साथै आवश्यक पूर्वाधारको पहुँच अभिबृद्धि गरिने छ ।
९.४.४ सहकारी उद्योग व्यवसायलाई नाफामूलक नभै सदस्य र समुदायको सेवाप्रति केन्द्रित बनाउन र सहकारीको व्यवस्थापनलाई सिद्धान्तनिष्ट बनाउन उपयुक्त कर प्रणालीको विकास गरिने छ ।
९.४.५ रोजगारी सिर्जना, उत्पादनमा बृद्धि, स्थानीय सम्भाव्यताको उपयोग, सेवा प्रवाहमा गुणस्तरीयता एवं उत्पादनको मूल्य अभिबृद्धिमा योगदान पु¥याउने सहकारी उद्योगहरूको स्थापना र क्षमता अभिबृद्धिको कार्यमा सहयोगका कार्यक्रमहरू सञ्चालन गरिने छ ।
९.४.६ सहकारी उद्योग व्यवसायहरूको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगमा विशेष जोड दिइने छ ।
९.४.७ सहकारी क्षेत्रमा अनुसन्धान तथा विकासको कार्यलाई प्रोत्साहित गर्दै यस क्षेत्रमा नवीन प्रयोग तथा सम्भावनाका नँया क्षेत्रहरूको पहिचान गरिने छ ।
९.५ सहकारीको निर्दिष्ट मूल्य र सिद्धान्तहरूको अभ्यास गर्दै प्रभावकारी व्यवस्थापन विधिको
अवलम्बन तथा नियमन मार्फत सहकारी क्षेत्रमा सुशासन कायम गर्ने सम्बन्धमा देहायका नीतिनीतिहरू अंगीकार गरिने छ ः
९.५.१ सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूको गुणस्तर र क्षमता अभिवृद्धिमा विशेष जोड दिइने छ ।
९.५.२ सहकारीको व्यवस्थापनलाई विधि र प्रक्रियामा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ ।
९.५.३ सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूलाई सहकारी सञ्चालनका मापदण्डहरू र आचार संहिताको पालनामा जिम्मेवार बनाइने छ ।
९.५.४ सहकारी संघ संस्थाहरूको आन्तरिक नियन्त्रण पद्धति र लेखापरीक्षणलाई थप व्यवस्थित गरी स्व–नियमनको अभ्यासलाई प्रभावकारी बनाइने छ ।
९.५.५ निश्चित सीमाभन्दा बढीको कारोवार गर्ने सहकारीको व्यवस्थापनमा सञ्चालक समिति र व्यवस्थापन बीचको कार्य विभाजन र सम्बन्धलाई परिभाषित गरी संस्थागत संस्कृति को विकास गरिने छ ।
९.५.६ प्रभावकारी सूचना सम्प्रेषणको विधि अवलम्बन गरी गराई सहकारीका सदस्यहरूमा सूचना तथा जनचेतना प्रवाह गरी सहकारीमा सुशासनको प्रवद्र्धन गरिने छ ।
९.५.७ सहकारी मार्फत हुने वित्तीय कारोवारलाई सुरक्षित र भरपर्दो बनाउन सबै सहकारीको नियमित अनुगमन र सो को आधारमा नियमन हुने प्रभावकारी व्यवस्था गरिने छ ।
९.५.८ व्यवस्थापनमा सहकारी पद्धति विपरीतका कार्यहरू र सहकारीको श्रोत साधनको दुरुपयोग गर्ने प्रवृत्ति अन्त्य गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिने छ ।
९.५.९ सहकारीको संघीय संरचनालाई व्यावसायिक र सदस्य संघ संस्थाहरूप्रति बढी जिम्मेवार बनाउन प्रभावकारी कानूनी व्यवस्था गरिने छ ।
९.५.१० सहकारीहरू बीच स्वस्थ प्रतिस्पर्धाको विकास गर्न संस्थाहरूलाई विषयगत संघहरूमा आबद्ध गराई सहकारीहरू बीचको सहकार्यको संस्कृतिलाई प्रबद्र्धन गरिने छ ।
९.५.११ सहकारीको मूल्य र सिद्धान्तहरूको प्रबद्र्धन गर्न तथा सहकारी संघ संस्थाहरूको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउन गैर नाफामूलक सहकारी संस्थाहरूको गठनलाई प्रोत्साहन गरिने छ ।
९.६ सहकारीको विकास, विस्तार र प्रवद्र्धन गर्न सरकार, सहकारी, निजीक्षेत्र तथा विकास सासाझेदारहरू बीच सहकार्य र सहयोगलाई प्रवद्र्धन गर्ने सम्बन्धमा देहायका नीतिहरू अबलम्बन गरिने छ
९.६.१ सरकार, निजी क्षेत्र र सहकारी बीचको सहकार्य र साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योग व्यवसायहरूको स्थापना गर्न प्रोत्साहन गरिने छ ।
९.६.२ सहकारी उद्योग व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा स्थानीय निकाय तथा विकास साझेदारहरूको सहभागितालाई प्रोत्साहित गरिने छ ।
९.६.३ देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान अभिबृद्धि गर्न उत्पादनका अन्य क्षेत्रहरूसँग अग्र तथा पृष्ठ सम्बन्ध कायम हुने विशेष व्यवस्थाहरू गरिने छ ।
९.६.४ राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानलाई गणना गरी प्रकाशन गर्ने गरी जिम्मेवार निकायहरूलाई परिचालन गरिने छ ।
९.६.५ सहकारीको विकास, विस्तार र प्रवद्र्धनमा सम्बन्धित सरकारी, गैर सरकारी तथा सहयोगी निकायहरूको सहयोगलाई समन्वयात्मक ढंगले परिचालन गर्ने पद्धतिको विकास गरिने छ ।
९.६.६ जनशक्ति विकास, अध्ययन अनुसन्धान तथा अनुशरण, लक्षित समुदाय र क्षेत्रमा सहकारी उद्योग व्यवसायको विकास सम्बन्धी एकीकृत कार्यक्रम एवं सहकारी उद्योग व्यवसायलाई टेवा पुग्ने पूर्वाधार विकासका लागि द्विपक्षीय तथा बहुपक्षीय वैदेशिक सहयोग परिचालन गरी सहकारी क्षेत्रको सन्तुलित र अपेक्षित विकास गरिने छ ।
९.६.७ सहकारी क्षेत्रको विकासका लागि न्यून हुने पूँजी परिपूर्ति गर्न सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगका लागि वैदेशिक एवं आन्तरिक श्रोत परिचालनका अवसरको उपयोग गरिने छ ।
९.६.८ राष्ट्रिय सहकारी अभियानलाई विश्व सहकारी अभियानसँग जोडी राम्रा अभ्यासहरूको अनुशरण एवं आपसी सहयोगहरू प्रबद्र्धन गर्न मित्र राष्ट्रहरूसँग द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध र सहकार्यको लागि रचनात्मक प्रयासहरू गरिने छ । सहकारीको विश्व अभियानसँग नेपालको सम्बन्ध विस्तार र विकसित गर्दैै लगिने छ ।
९.७ सहकारीको विकास, विस्तार र प्रवद्र्धनको लागि दीर्घकालीन योजना, मानव संसाधन विकास, आवश्यक संगठन संरचनाहरूको निर्माण एवं कानूनी व्यवस्थाहरू गर्ने सम्बन्धमा देहायका नीतिनीतिहरू अबलम्वन गरिने छ ः
९.७.१ सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनका लागि दीर्घकालीन रणनीतिक योजनाको तर्जुमा गरी कार्यान्वयन गरिने छ ।
९.७.२ विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा सहकारी शिक्षालाई उचित स्थान दिनुका साथै सहकारी प्रशिक्षण केन्द्रहरूको क्षमता, गुणस्तर र पहुँच अभिबृद्धि गरिने छ ।
९.७.३ सहकारी विभाग तथा अन्तर्गतका कार्यालयहरूको संगठन संरचनामा पुनरावलोकन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने छ ।
९.७.४ सहकारी संघहरूलाई सहकारी अभियानको अगुवाई गर्ने र व्यवसायलाई सुदृढ गर्ने उद्देश्य तर्फ केन्द्रित हुने गरी सहकारी क्षेत्रको स्वायत्तता र स्वतन्त्रताको अभ्यासलाई सुदृढ गरिने छ ।
९.७.५ सेवा र उत्पादनको प्रकृतिको आधारमा विषयगत संघ संस्थाहरूको गठन र सञ्चालनलाई प्रोत्साहन हुने गरी संघ संस्था दर्ता सम्बन्धी प्राबधानहरू स्पष्ट गरिने छ ।