१. पृष्ठभूमि
सहकारी पद्धतिमा आधारित उद्योग व्यवसायको स्थापना गरी देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउनु सहकारीको मुख्य उद्देश्य हो । सहकारी सामाजिक अर्थ व्यवस्थाको महत्वपूर्ण कडी पनि हो । गरीबी निवारण, उत्पादक पूर्ण रोजगारीको सिर्जना, सामाजिक एकीकरण र वातावरण संरक्षणमा सहकारी उद्योग व्यवसायको योगदान महत्वपूर्ण हुने आधारमा संयुक्त राष्ट्र संघले सदस्य राष्ट्रहरूलाई सहकारीको विकास, विस्तार र प्रवद्र्धन गर्न उत्पे्ररित समेत गरेबाट यस क्षेत्रको महत्व प्रष्ट हुन आएको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरी देशको सामाजिक तथा आर्थिक विकासमा सहकारी उद्योग व्यवसायको अपरिहार्यताको संदेश दिएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा सहकारी क्षेत्रको सन्तुलित विकासका लागि पहिलो पटक जारी गरिएको यो राष्ट्रिय सहकारी नीति,२०६९ ले ऐतिहासिक महत्व समेत राखेको छ ।