नियम २९
दस्तुर
-(१) नेपालभित्र प्रवेश वा उपस्थितिको लागि भिसा जारी गर्दा, भिसाको म्याद थप गर्दा वा भिसाको म्याद नघाई बसेको विदेशीहरूको भिसा नियमित गर्नु पर्दा वा यात्रा अनुमतिपत्र जारी गर्दा वा भिसा स्थानान्तरण गर्दा भिसा सम्बन्धी वा अन्य दस्तुर अनुसूची–९ मा तोके बमोजिम हुनेछ ।
 । तर दश वर्ष मुनिका वालवालिकाहरूलाई भिसा दस्तुर लाग्ने छैन ।
(२) उपनियम (१) बमोजिम तोकेको भन्दा घटी वा बढी भिसा दस्तुर लगाउने मुलुकको नागरिकहरूलाई पारस्परिकताको आधारमा भिसा दस्तुर लिइनेछ ।