नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–
(क) “ऐन” भन्नाले अध्यागमन ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “पर्यटक” भन्नाले कम्तिमा एक रात वा चौविस घण्टा नेपालमा विताउने विदेशी सम्झनु पर्छ ।
(ग) “परिवार” भन्नाले लोग्ने, स्वास्नी तथा आमा, बाबु आश्रित छोरा, छोरी सम्झनु पर्छ ।
(घ) “पदयात्रा क्षेत्र” भन्नाले पदयात्रा गर्न अनुमति लिनु पर्ने गरी नेपाल सरकारले तोकेको क्षेत्र सम्झनु पर्छ ।
(ङ) “नियोग” भन्नाले विदेश स्थित नेपाली राजदूतावास, नेपाली महावाणिज्य दूतावास र नेपाली वाणिज्य दूतावास सम्झनु पर्छ र सो शब्दले स्थायी वा अस्थायी रूपमा नेपाल सरकारको विदेशमा प्रतिनिधित्व गर्ने संगठन वा अधिकारीलाई समेत जनाउँछ ।
(च) “एजेन्सी” भन्नाले विदेशीहरूको आगमन, उपस्थिति र प्रस्थानसम्मको अवधिमा विदेशीलाई सेवा उपलब्ध गराउने व्यक्ति वा नेपाल सरकारको ईजाजत प्राप्त संस्था तथा यात्रुहरुको आवागमन गराउने संस्था सम्झनु पर्छ ।
(छ) “भिसा वर्ष” भन्नाले यस नियमावलीको प्रयोजनको लागि कुनै सालको जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधि सम्झनु पर्छ ।