नियम २५
नि
शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने: (१) नेपाल सरकारले समय समयमा तोकेको भन्दा कम वार्षिक आय भएका र देहाय बमोजिमका गम्भीर प्रकृतिका रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्नेछः- (क) मुटु रोग,
(ख) मृगौला रोग,
(ग) क्यान्सर,
(घ) नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य रोग।
(२) नेपाल सरकारले स्वीकृति प्राप्त चिकित्सकको सिफारिसमा अनुवंशीय रक्तश्राव (हेमोफिलिया) अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने फ्याक्टर लगायतका औषधी निःशुल्क रूपमा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध गराउनेछ ।
(३) नेपाल सरकारले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि सबै सरकारी अस्पतालमा निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।
(४) उपनियम (१) र (२) बमोजिमका रोगको उपचार सेवा तथा औषधी उपलब्ध गराउन नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रदेशस्तरका सरकारी अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाहरूको क्षमता विस्तार गर्नेछ ।