नियम २
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) "परिचयपत्र" भन्नाले अपाङ्गता भएका व्यक्तिलाई दिइने नियम ५ बमोजिमको अपाङ्गता परिचयपत्र सम्झनु पर्छ ।
(ग) "विपन्न" भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको आयभन्दा कम आय भएका व्यक्ति वा परिवार सम्झनु पर्छ ।
(घ) "सहायक सामग्री" भन्नाले अपाङ्गता भएका व्यक्तिले दैनिक जीवनमा प्रयोग गर्ने सामग्री वा उपकरण वा प्रविधि सम्झनु पर्छ ।
(ङ) "सामुदायिक सहायता सेवा" भन्नाले समुदाय स्तरमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा गमनशीलतालाई सहज बनाउन उपलब्ध गराइने व्यक्तिगत सहयोगी सेवा, साङ्केतिक भाषाका दोभाषे, स्पर्श साङ्केतिक भाषा, नोट टेकर, फिङ्गर ब्रेल दोभाषे जस्ता मानवीय सहायता, प्रविधि तथा अन्य सेवा सम्झनु पर्छ ।