(१) निरीक्षकले वर्षमा कम्तीमा दुई पटक आफ्नोे क्षेत्रमा रहेका प्रसुति गृह, अस्पतालको प्रसूति तथा शिशु कक्ष, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य व्यवसायीहरूको क्लीनिक वा कार्यालयहरू तथा अन्य स्वास्थ्य हेरचाह गर्ने निकाय र स्वास्थ्य कार्यकर्ताहरूको कार्यालय एवं उत्पादक र वितरकहरूको उत्पादन स्थल, गोदाम वा कार्यालयको निरीक्षण गरी ऐन र यस नियमावली बमोजिम पालन गर्नु पर्ने कुराहरू पालन भएको छ, छैन जाँचबुझ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्ने प्रयोजनको लागि कसैको घर जग्गामा प्रवेश गर्नु परेमा निरीक्षकले प्रचलित कानून बमोजिम सम्बन्धित व्यक्तिलाई सूचना दिई प्रवेश गर्न सक्नेछ ।
(३) निरीक्षकले उपनियम (१) र (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्ने वा कसैको घर जग्गामा प्रवेश गर्ने प्रयोजनको लागि स्थानीय निकाय, प्रशासन, प्रहरी वा अन्य कुनै व्यक्तिसँग सहयोग मागेमा निजलाई सम्बन्धित सबैले सहयोग गर्नु पर्नेछ ।